BRAVE Team ⋅ May 09, 2020
ब्रेभ (बहादुर) के हो?
ब्रेभ यानकी बहादुर के हो? हामी सबैले कतै न कतै ब्रेभ प्रोजेक्टका बारेमा विविध सामाजिक संजालमा देखि सकेका छौ। आखिर यो के हो त ?
ब्रेभको पुरा नाम हो - भुटनीज रेस्पोन्स एसिष्टेन्स भोलुन्टर इफोर्ट (ब्रेभ जसको अर्थ बहादुर हुन्छ) । यदि तपाई कोरोना भाईरस (COVID 19) को कारणले गर्दा समस्या वा अप्ठ्यारोमा हुनुहुन्छ, र तपाईलाई सहयोगको आवश्यकता छ भने तपाईले आफ्नो स्थानीय ब्रेभको हेल्पलाईनमा सम्पर्क गर्न सक्नु हुन्छ ।
हामीले प्रदान गर्ने सेवाहरू:
- नेपाली भाषी विशेषज्ञ डाक्टर र नर्सद्वारा टेलिफोनको माध्यमबाट नि:शुल्क परामर्श
- व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE)
- खाद्दान्न सामाग्री
- औषधि
- सेनिटाइजर
- साबुन
- थर्मामीटर
- र अन्य अत्यावश्यक सामाग्रीहरु